Live on
Your Voice, Your Power
काठमाडौँ- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालीमाटी गाउँपालिका-३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउँपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् । हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।…