Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले सहायकरथीबाट उपरथीमा बढुवा भएका पाण्डेलाई दर्ज्यानी चिह्न लगाइ दिएका हुन्। मन्त्रिपरिषद्को यही साउन २६ गतेको बैठकले सहायकरथी पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले उपरथी पाण्डेलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिएको छ…