Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदैछ । महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि फेरि भेरोसेलको खोप लगाउन लागिएको हो । पहिलो मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागिएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जान महानगरले अनुरोध गरेको छ…