Live on
Your Voice, Your Power
काठमाडौं- गायिका तथा नेतृ कोमल वलीका बुवा ललितबहादुर वलीको शुक्रबार निधन भएको छ । छतमा घाम ताप्न जाने क्रममा खसेर वलीको मृत्यु भएको हो । गायिका वलीले ८५ वर्षीय बुवाको निधन भएको जानकारी सामाजिक सञ्जालबाट दिएकी छन् । कोमलका बुवा साहित्यकार पनि हुन् । उनका कविता र राष्ट्रिय गीत संग्रह पनि सार्वजनिक भएका छन् ।