समाचार « Khabarhub

गैरहाजिर २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरीको निर्देशन

काठमाडौँ– नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सम्पर्कविहीन कर्मचारीको नामावली सार्वजनिक गर्दै सन्तोषजनक स्पष्टीकरणसहित बाटोको म्यादबाहेक सातदिनभित्र कार्यालयमा उपस्थित हुन जानकारी गराएको हो । प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम…