समाचार « Khabarhub

महानगरपालिकाको निर्णयविरुद्ध कवाडी व्यवसायीले आइतबार पनि गरे प्रदर्शन

काठमाडौं- कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध कवाडी व्यवसायीहरुले आइतबार पनि प्रदर्शन गरेका छन् । महानगरले कवाडी व्यवसायीमाथि दमन गरेर आतंक सिर्जना गरेको भन्दै उनीहरुले आइतबार राष्ट्रिय सभागृहअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, दमन बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।…