समाचार « Khabarhub

२६ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं– सरकारले राजपत्रांकित प्रथम श्रेणीका २६ जना सहसचिवको एकैपटक सरुवा गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवको विभिन्न मन्त्रालय र विभागमा सरुवा गरेको हो ।  गत असार २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो।