दार्चुलामा ‘लम्पी स्किन’बाट एघार सय पशुचौपाया मरे « Khabarhub

दार्चुलामा ‘लम्पी स्किन’बाट एघार सय पशुचौपाया मरे


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

खलङ्गा‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट दार्चुलामा हालसम्म एक हजार एक सय ६९ पशुचौपाया मरेका छन ।

लम्पी स्किनको सङ्क्रमण ३३ हजार तीन सय ३० पशुचौपायामा पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टले जानकारी दिए ।

उनका अनुसार दार्चुलाका नौवटा स्थानीय तहमा एक सय ४३ बाच्छाबाच्छी, तीन सय ७८ गाई, छ सय २२ गोरु र २६ भैँसी मरेका छन् । त्यस्तै चार हजार नौ सय ५१ बाच्छाबाच्छी, १४ हजार दुई सय ९५ गाई, १३ हजार सात सय पाँच गोरु र तीन सय ६९ भैँसी सङ्क्रमित भएका छन् ।

लम्पी स्किन विशेषगरी गोरु साना बाच्छाबाच्छी, गाई र भैँसीमा बढी देखापरेको छ । यो रोगबाट धमाधम पशुचौपाया मर्न थालेपछि दार्चुलाका किसान चिन्तित बनेका छन् । 

“रोग निकै फैलिएको छ, पशु चौपायाले समयमै उपचार पाएका छैनन्, गाउँमा अहिलेसम्म कुनै पनि पशु प्राविधिक आएका छैनन्”, दुई दिनअघि एक हल गोरु र एउटा लैनो भैँसी मरेको भन्दै शैल्यशिखर नगरपालिका–६ का किसान राम धामीले गुनासो गरे ।

भेटेरिनरी अस्पताल दार्चुलाका पशु विकास अधिकृत दिगम्बर जोशीका अनुसार झिँगा, भुसुना, लामखुट्टे र विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु वस्तुलाई कमजोर बनाउने लक्षण देखा पर्छन् ।

 यो रोगको खोप भर्खरै नेपालमा आइपुगेको भए पनि सुदूरपश्चिममा पुग्न केही समय लाग्ने जोशीले बताएका छन्। जैविक सुरक्षामा ध्यान दिएन भने यसले झन विकराल समस्या देखिन सक्ने उनको भनाइ छ ।

यो रोगको सङ्क्रमण फैलिन नदिन गोठवरपर सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउनु पर्ने पशु विज्ञहरूको भनाइ छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ६ : २१ बजे

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै