Live on
Your Voice, Your Power
पोखरा– यही बैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको खोँचबाट निकालेका छन् । सेती नदीको १५० मिटर गहिराइमा ढुंङ्गामा अड्किएको अवस्थामा युवकको शव सोमबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका- १ करुवा बस्ने २५ वर्षका युवक बैशाख १ गतेदेखि हराएका थिए ।