समाचार Archives | Page 3659 of 8568 | Khabarhub Khabarhub

राष्ट्रपति निर्वाचन : बिजुक्छेसँग रामचन्द्रको भेट

भक्तपुर - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका छन्। भक्तपुरको कमलबिनायकस्थित बिजुक्छे निवास पुगेर पौडेलले आसन्न राष्ट्रपति निर्वाचनलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका हुन्। फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवारमा पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा छ।