Live on
Your Voice, Your Power
पाल्पा - ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा परेपछि एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार दिउँसो तिनाउ गाउँपालिका–३ भूतखोलाको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको हो। नवलपरासी पश्चिम पालिनन्द गाउँपालिका–२ का २४ वर्षीय अजिम पठानको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा मृत्यु भएको हो।