समाचार « Khabarhub

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

ढोरपाटन– निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्‍याउँदै आएकी छन् ।  पछिल्लो पाँच वर्षयता भने आयातीत रङले घर पोत्ने चलन बढेपछि विकलाई दसैँ खर्च जोहो गर्न समस्या भएको छ…