समाचार Archives | Page 3777 of 8645 | Khabarhub Khabarhub

चलचित्र विकास बोर्डको सल्लाहकार समितिका दुई सदस्यद्वारा राजीनामा

काठमाडौँ- चलचित्र विकास बोर्डको सल्लाहकार समितिका दुई जना पदाधिकारीले राजीनामा दिएका छन् । चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका हुन् । बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिएको बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिए ।