समाचार Archives | Page 4127 of 8390 | Khabarhub Khabarhub

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो। निगमका अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ। नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।