Live on
Your Voice, Your Power
रामपुर– गाउँघरमा हराउँदै गएको पुरानो पञ्चेबाजा संरक्षणमा पाल्पा रामपुरका युवाले अभियान थालेका छन् । मौलिक संस्कृतिसँग जोडिएको बाजाको संरक्षणमा रामपुर नगरपालिका–६ स्थित तालपोखरा युवा समूहमा आबद्ध युवा सक्रियरूपमा लागेका हुन् । गाउँदेखि सहरबजारसम्म विवाह, व्रतबन्ध, शुभकार्यदेखि भोजभतेरमा विदेशी बाजा, डेकलगायतका संस्कृति भित्रिँदा पुराना परम्परागत कला, संस्कृति हराउँदै जान थालेपछि यहाँका युवाले आफै वाद्यवादनका सामग्री व्यवस्थापन…