भारतीय विदेश सचिवको यस्तो छ नेपाल भ्रमणको तालिका « Khabarhub

भारतीय विदेश सचिवको यस्तो छ नेपाल भ्रमणको तालिका

प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिने


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव बिनय मोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन्। सोमबार र मंगलबार उनले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शिर्ष नेतालाई भेटने कार्यक्रम तय भएको छ।

सोमबार बिहान १०ः३० मा काठमाडौं उत्रने भारतीय विदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन।

सो छलफलपछि पराराष्ट सचिव पौडेलले उनको सम्मानमा आयोजित ‘लञ्च’ कार्यक्रममा सहभागी हुनेछन्। पराराष्ट सचिवले दिएको लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री बिमला राईसँग द्वि–पक्षिय भेटघाट गर्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन। सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ। उनी त्यसका लागि बालकोट जानेछन्।

विदेश सचिव क्ववत्राले मंगलबार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको छ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ६ : ४६ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै