समाचार « Khabarhub

प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्ने

काठमाडौँ - प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दैछ। विराटनगरस्थित प्रदेशसभा हलमा बैठक दिउँसो १ बजे सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। गत पुस ३० गते अर्को सुचना जारी नभएसम्मका लागि स्थगित बैठक आज बस्न लागेको हो।