Live on
Your Voice, Your Power
काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एकवाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन्। निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका मियालाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। उनलाई बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि एमालेले टिकट दिने बताइएको छ।