समाचार Archives | Page 586 of 8631 | Khabarhub Khabarhub

सहकारी ठगीमा फरार कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौं - स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । भोजपुर स्थायी घर भएकी उनी कांग्रेसकी समानुपातिक सांसद हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई राईलाई शनिबार राति कपनस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।