समाचार « Khabarhub

उपरथीद्वय पदमबहादुर र पवनलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बूढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।  सरकारले उनीहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।