समाचार « Khabarhub

राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा हुमागाईं नियुक्त 

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकले वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यवाहक प्रशिक्षकको रूपमा हुमागाईंलाई नियुक्त गरेको सहभागी एक सदस्यले  बताएका छन् । कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा बसेका छन् ।…