समाचार Archives | Page 6123 of 8541 | Khabarhub Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीको तर्फबाट मन्त्री हुनेको नाम टुंगो लगाउन अपराह्न ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।