Live on
Your Voice, Your Power
एजेन्सी- यूईएफए युरोपा लिगमा टोटेनहम हट्सपरले लुडोगोरेट्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । ब्राजिलियन फरवार्ड कार्लोस भिनिसियसको उत्कृष्ट प्रदर्शनमा टोटेनहम ४-० ले विजयी भएको हो । खेलको १६औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । ३४औँ मिनेटमा भिनिसियसले नै गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । ६३औँ मिनेटमा ह्यारी विङ्क्सले गोल गर्दै अग्रता फराकिलो…