बागमतीद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य | Khabarhub Khabarhub

बागमतीद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पृथु बाँस्कोटा र अदिल खानको अर्धशतकीय इनिङ्समा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा बागमतीले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको हो।

बागमतीका लागि बाँस्कोटाले ९४ बलमा १० चौका र २ छक्काको मद्दतले ८४ रन बनाए । यस्तै अदिलले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाए ।

यी दुई खेलाडीको उत्कृष्ट ब्याटिङमा बागमतीले जारी प्रतियोगिताको सबैभन्दा विशाल लक्ष्य प्रस्तुत गरेको हो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ३२ रन बनाए भने पारस खड्काले २० रन प्रहार गरे ।

बागमतीविरूद्ध कमजोर देखिएको सुदूरपश्चिमका लागि नारायण जोशीले ३ विकेट, सन्तोष भट्ट र भोजराज भट्टले समान २/२ विकेट लिए यस्तै विनोद लामाले १ विकेट लिए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १ : ०५ बजे

अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं-  झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने

वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं- स्वेष्टइण्डिज ‘ए’ विरुद्ध​को टी–ट्वेन्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपालका

गृहमन्त्रीले भने : अब कसैको खल्तीबाट नाम झिकेर कैद मिनाह हुँदैन

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पहुँच हुनेले मात्रै

अमेरिकी विश्वविद्यालयमा किन फैलिँदै छ आन्दोलनको आगो ?

एजेन्सी- प्रतिष्ठित अमेरिकी विश्वविद्यालयहरू केही सातायता आन्दोलनका केन्द्रबिन्दु बनेका छन्

काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)

काठमाडौं – काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित