समाचार « Khabarhub

ओमिक्रोन बढेपछि नेदरल्यान्ड्समा लकडाउन

एजेन्सी - क्रिसमस नजिकिदै जाँदा नेदरल्यान्ड्समा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण बढेपछि नेदरल्यान्ड्समा आगामी १४ जनवरीसम्म लकडाउन गरिएको हो । सम्पूर्ण अत्यावश्यक बाहेकका पसलहरु, सांस्कृतिक तथा मनोरन्जन स्थल बन्द हुने भएका हुन् । त्यस्तै, ९ जनवरीसम्म सम्पूर्ण विद्यालय बन्द हुनेछन्। युरोपेली मुलुक नेदरल्यान्ड्समा ओमिक्रोन भेरियन्ट तीव्र ढंगले फैलिएको छ…