Live on
Your Voice, Your Power
काठमाडौँ– २०७२ सालको विनासकारी भूकम्पबाट क्षति पुगेपछि पूर्ननिर्माण गरिएको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । विशेष पूजा गरी मल्लकालिन शैलीमा निर्माण भएको मन्दिरमा बिहीबार गजुर हालिएको हो । १२३ किलोको गजुरमा ३२.७३ तोला सुनको जलप लगाईएको छ । रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर भूकम्पबाट पूणरुपमा क्षतिग्रस्त भएको थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार…