समाचार « Khabarhub

ढल्केबरमा निर्माण भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ- देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशन तयार भएको छ । सबस्टेशनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ । हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ…