समाचार « Khabarhub

बंगलादेशका राष्ट्रपति हमिद आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं- बंगलादेशका  राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आजदेखि चार दिने नेपालको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको भ्रमण गर्न लागेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ…