विचार « Khabarhub

राजनीतिक ‘पित्तथैली’ मा अवसरवादको पत्थरी

नेपालको लोकतन्त्र कसरी ‘दलतन्त्र’ मा परिणत भएको छ भन्ने उम्दा उदाहरण हो, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्षसमेत रहेका माओवादी केन्द्र धादिङका नेता पित्तबहादुर डल्लाकोटीले हालै देखाएको दलबदलको रमिता। नेपाली समाजमा कसैले अनौठो चर्चिकला देखायो भने ‘राम रमिता देखाएको’ भन्ने गरिन्छ। पित्तबहादुरको उपनाम हरि भएकाले यसलाई ‘हरि रमिता’ भन्दा हुन्छ। अघिल्लो दिन एमाले अध्यक्ष केपी ओलीको हातबाट…