राजनीति « Khabarhub

माओवादी केन्द्रको स्थायी समिति बैठक : बिहीबार पदाधिकारी टुङ्ग्याउने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी चयनको नजिक पुगेको जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टी संगठनको बारेमा छलफल गर्दै पदाधिकारी चयनको नजिक पुगेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। उनले बिहीबार बस्ने स्थायी कमिटी बैठकले पदाधिकारी चयनको निर्णय गर्ने बताए। बैठकमा केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटीलाई पूर्णता…