राजनीति « Khabarhub

जनप्रतिनिधिलाई एकीकृत समाजवादीले दिने भनिएको प्रशिक्षण स्थगित

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ । समाजवादीले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो ।  एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिए । एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरूलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।