राजनीति « Khabarhub

कृषि समितिको बैठकमा सांसदहरुको सुझाव : गाँजाखेतीलाई कानुनी मान्यता दिनुपर्‍यो

काठमाडौँ- कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मुलुकमा गाँजाखेतीलाई कानुनी मान्यता दिने विषयमा छलफल भएको छ । समितिको बैठकले मुलुकमा गाँजाखेतीको सम्भावना र सम्भव, बहुउपयोगिता, उत्पादन, प्रशोधन, वितरणलाई कानुनी मान्यता प्रदान गर्ने सन्दर्भमा सरोकारवाला निकायसँग आगामी दिनमा गहन र विस्तृत छलफल गर्ने निर्णय गरेको हो । समिति सभापति डा आरजु राणा देउवाको अध्यक्षतामा बसेको…