राजनीति « Khabarhub

लुम्बिनी प्रदेशसभाको बैठक २६ गते बस्ने 

तुलसीपुर– लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ ।  प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।