Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी नेपाल, (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । उनका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ ।