Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त दुई सचिवले आइतबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आइतबार प्रतिनिधिसभाको सचिवमा नियुक्त पदमप्रसाद पाण्डेयले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए भने राष्ट्रियसभाको सचिवमा नियुक्त डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथ ग्रहण गरेका हुन् । …