राजनीति « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सारिएको छ। आज बिहानका लागि बोलाइएको बैठकको तयारी पुरा नभएकाले भोलिका लागि सारिएको महासचिव देव गुरुङले जानकारी दिएका छन्। स्थायी कमिटीको बैठकको तयारी नपुगेको र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताको कारण बैठक सारिएको हो। यस्तै आज बस्ने भनिएको पदाधिकारी बैठक पनि नबस्ने भएको छ।