Live on
Your Voice, Your Power
दाङ– सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका-३ मूलपानी नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ। दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन्। बसमा करिब १६ यात्रु सवार थिए।a