समाचार Archives | Page 399 of 6971 | Khabarhub Khabarhub

राष्ट्रपति पौडेल तनहुँमा

दमौली– राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन्। भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् ।  राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरे ।  राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि तनहुँ आएका थिए ।