समाचार Archives | Page 422 of 6978 | Khabarhub Khabarhub

सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने

काठमाडौं- सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वन्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्‍त्रालयलाई निर्देशन दिएका छन् । भोलि सोमबारबस्‍ने मन्‍त्रिपरिषद्‍को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ । सो आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्नेछ ।