आफ्नै नेतृत्व भएमात्र जसपा सरकारमा जाने « Khabarhub

आफ्नै नेतृत्व भएमात्र जसपा सरकारमा जाने


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीले आफ्नै नेतृत्वमा सरकार बन्ने अबस्था आएमात्रै सरकारमा सहभागी हुने जनाएको छ ।

जसपाले एमाले नेतृत्वको सरकारमा सहभागी हुने वा अर्को गठनबन्धनमा सहभागी हुने भन्ने अन्योल रहेका बेला अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नै नेतृत्वमा सरकार बन्ने अबस्थाबाहेक सरकारमा सहभागी नहुने स्पष्ट पारेको हो ।

विज्ञप्तिमा आफ्नै नेतृत्वको सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने अबस्थामा मात्रै सरकारमा सहभागी हुने जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘जनता समाजवादी पार्टी सरकार सहभागी नभई प्रतिपक्षको भूमिकामा रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ ।’

जसपाकै नेतृत्वमा सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने अबस्थामा भने सरकार सहभागी हुने जसपाका दुईजना अध्यक्षले स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्न सक्ने अवसर प्राप्त हुनसक्ने अबस्था आएमा सरकार गठनमा अगाडि बढ्न सकिनेछ ।’

यसअघि जसपाको एउटा समुहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेपछि पार्टीभित्र आन्तरिक शक्तिसंघर्ष चुलिएको छ । जसका कारण पार्टी विभाजन हुनसक्ने आशंका उत्पन्न भएका बेला दुईजना अध्यक्षले जारी गरेको विज्ञप्तीमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि पार्टीभित्रै छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  २ : १८ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको