समाचार Archives | Page 1009 of 8393 | Khabarhub Khabarhub

पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पहिरोका कारण भैँसे–भीमफेदी सडक अवरुद्ध बनेको छ ।  आज बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए। 'पहिरो पन्छाउने कार्य भइरहेको छ । तर ठूलो पहिरो खसेका कारण सम्भवतः मङ्गलबारसम्म यातायात सञ्चालन हुन सक्छ', उनले भने ।