शरण मागेर फिल्मी शैलीमा ६ लाख २८ हजार लुटपाट « Khabarhub

शरण मागेर फिल्मी शैलीमा ६ लाख २८ हजार लुटपाट


२२ मंसिर २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन । चितवनमा शरणार्थीको नाटक गरेर लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चितवन भरतपुर–८ गौरीगञ्जस्थित तारानाथा सुवेदीको घरमा शरण लिन पुगेका चार जनाले केही बेरमै उनको घरबाट ६ लाख बढीको धनमाल लुटेको पीडित परिवारको आरोप छ ।

लुटपाट गरेको अभियोगमा चितवन प्रहरीले भरतपुर ९ का ५० वर्षीय रामचन्द्र थापा सहित चार जनालाई पक्राउ गरेको हो । एक साता अघि सुवेदीको घरमा चार जना व्यक्ति आएर हामीलाई प्रहरीले लखेटेको छ केही समय शरण दिनुप¥यो भन्दै पुगेपछि उनीहरुलाई सुवेदीले घरभित्र त लगे तर घरमा पुगेलगत्तै शुरु भयो फिल्मी शैलीमा लुटपाट ।

लुटपाटको योजनासहित घरमा पुगेका उनीहरुले शुरुमा सुवेदीलाई धम्क्याउँदै भने– ‘तिम्रो घरमा आज पाँच लाख आएको छ, त्यो सवै हामीलाई देऊ ।’ यत्ति भनेपछि सुवेदी परिवार झस्कियो । लुटेराले डर र त्रास देखाएपछि सुवेदीले चारलाख मात्र आएको र २ लाख खर्च भइसके जनाएका थिए । त्यही बाँकी भएको रकम र घरमा भएका गरगहनासहित ६ लाख २८ हजार बरबारबको धनमाल लुटेर उनीहरु घरबाट भागेका थिए ।

घटना घटेको भोलिपल्ट मात्रै प्रहरीले सो घटनाबारे जानकारी पाएको थियो । घटनाबारे जानकारी पाएसँगै अनुसन्धानमा खटिएको प्रहरीले लुटपाटको आरोपमा चार जनालाई नियन्त्रणमा लिन सफल भएको थियो । प्रहरीले शनिबार पत्रकार सम्मेलन गर्दै लुटपाटमा थापा र मकवानपुर रामसिराङका रामकुमार मोक्तान मुख्य नाइके भएको सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  १२ : ३८ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका