शरण मागेर फिल्मी शैलीमा ६ लाख २८ हजार लुटपाट « Khabarhub

शरण मागेर फिल्मी शैलीमा ६ लाख २८ हजार लुटपाट


२२ मंसिर २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन । चितवनमा शरणार्थीको नाटक गरेर लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चितवन भरतपुर–८ गौरीगञ्जस्थित तारानाथा सुवेदीको घरमा शरण लिन पुगेका चार जनाले केही बेरमै उनको घरबाट ६ लाख बढीको धनमाल लुटेको पीडित परिवारको आरोप छ ।

लुटपाट गरेको अभियोगमा चितवन प्रहरीले भरतपुर ९ का ५० वर्षीय रामचन्द्र थापा सहित चार जनालाई पक्राउ गरेको हो । एक साता अघि सुवेदीको घरमा चार जना व्यक्ति आएर हामीलाई प्रहरीले लखेटेको छ केही समय शरण दिनुप¥यो भन्दै पुगेपछि उनीहरुलाई सुवेदीले घरभित्र त लगे तर घरमा पुगेलगत्तै शुरु भयो फिल्मी शैलीमा लुटपाट ।

लुटपाटको योजनासहित घरमा पुगेका उनीहरुले शुरुमा सुवेदीलाई धम्क्याउँदै भने– ‘तिम्रो घरमा आज पाँच लाख आएको छ, त्यो सवै हामीलाई देऊ ।’ यत्ति भनेपछि सुवेदी परिवार झस्कियो । लुटेराले डर र त्रास देखाएपछि सुवेदीले चारलाख मात्र आएको र २ लाख खर्च भइसके जनाएका थिए । त्यही बाँकी भएको रकम र घरमा भएका गरगहनासहित ६ लाख २८ हजार बरबारबको धनमाल लुटेर उनीहरु घरबाट भागेका थिए ।

घटना घटेको भोलिपल्ट मात्रै प्रहरीले सो घटनाबारे जानकारी पाएको थियो । घटनाबारे जानकारी पाएसँगै अनुसन्धानमा खटिएको प्रहरीले लुटपाटको आरोपमा चार जनालाई नियन्त्रणमा लिन सफल भएको थियो । प्रहरीले शनिबार पत्रकार सम्मेलन गर्दै लुटपाटमा थापा र मकवानपुर रामसिराङका रामकुमार मोक्तान मुख्य नाइके भएको सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  १२ : ३८ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट