निर्वाचन अपडेट : यस्तो छ ९ बजेसम्मको परिणाम | Khabarhub Khabarhub

निर्वाचन अपडेट : यस्तो छ ९ बजेसम्मको परिणाम


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । स्थानीय तहअन्तर्गतका वडाहरुको नतिजा पनि धमाधम सार्वजनिक भइरहेको छ । धेरै स्थानमा सत्तारुढ नेकपाले जितेको छ भने केही स्थानमा नतिजा उल्टँदै कांग्रेस विजयी भएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अहिले सहजरुपमा मतगणना जारी छ । खबरहबसँग कुरा गर्दै थपलियाले भने, ‘सबै तिर बिना अवरोध मतगणनाको क्रम जारी छ । ३८ स्थानको परिणाम पनि आइसकेको छ । केहि औपचारिक घोषणा हुन बाँकी छ ।’

प्रमुख आयुक्त थपलियाले यहि रफ्तारमा गणनाको काम जारी रहँदा बेलुकासम्म सम्पूर्ण परिणाम सार्वजनिक गर्न सकिने बताए ।

पछिल्लो परिणाम अनुसार कास्की २ मा नेकपाकी विद्या भट्टराईले अग्रता लिँदा भक्तपुरको प्रदेशसभाका लागि भएको उपनिर्वाचनमा कांग्रेसका कृष्णलाल भँडेल २ हजार मतले अगाडि छन् ।

कहाँको परिणाम के आयो ?

३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा शनिवार भएको उपनिर्वाचन मतपरिणाम आउनेक्रम जारी छ । स्थानीय तहका वडाहरुको नतिजा आइरहेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।

बिहान साढे ९ बजेसम्मको परिणाम अनुसार स्थानीय तहका धेरै वडामा नेकपाले जितेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि नेकपा अगाडि छ ।
०००
बागलुङको बडिगाड गाउँपालिका-२ वडाध्यक्षमा सत्तारुढ दल नेकपाका ढालेन्द्र प्रसाद शेरचन विजयी भएका छन् ।

शनिबार सम्पन्न वडाध्यक्ष पदको उपनिर्वाचनमा शेरचन निकटम प्रतिद्वन्दी कांग्रेसका डिलबहादुर रानालाई २ सय ९२ मतले पछि पार्दै विजयी भएका हुन । शेरचनले ७ सय ४ मत ल्याएका थिए भने रानाले ४ सय १२ ल्याएका छन् ।
०००
रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ ।
०००
नेकपाबाट वडा अध्यक्षका उम्मेदवार रहेका जनकबहादुर बुढामगर विजयी भएका हुन् । उनले १७४ मत पाए । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत पाएका छन् ।
०००
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् ।
खानेपानी मन्त्री बीना मगरले मतदान गरेको यो वडामा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका हुन् । तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाए ।
०००
सल्यानको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।

कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेकपाका उम्मेदवार धर्म बुढाथोकी विजयी भएका हुन् ।
०००
लमजुङको सुन्दरबजार–२ मा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् ।

लमजुङको सुन्दरबजार–२ का उम्मेदवार नवीनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाईले ४८२ मत ल्याएका छन् ।
०००
काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेकपाका उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोईराला विजयी भएका हुन् । उनले ८६७ मत पाए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२ मत पाएका थिए । शनिवार सम्पन्न उपनिर्वाचनमा १५०२ मत खसेको थियो ।
०००
खोटाङको साकेला गाउँपालिका वडा नं-३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् ।

साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।
०००
काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार विजयी भएका छन् ।

दक्षिणकाली नगरपालिका वडा नम्बर ३ मा नेकपाका उमेदवार शिवभक्ति बलामी विजयी भएका हुन् । उनले ६१८ मत पाएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारले २ सय ७८ मत पाएका थिए । मतदानमा १०३६ मत खसेको थियो ।
०००
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा नेकपाका उमेदवार विजयी भएका छन् ।

शनिवार सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेकपाका उमेदवार केदारनाथ आचार्य विजयी भएका हुन् । उनले ७१२ मत पाए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार अशोक तामाङले ४३९ मत पाएका थिए । यसअघि यो वडामा नेपाली कांग्रेस विजयी भएको थियो ।

इन्द्रावती गाउपलिका ८ को उपनिर्बाचनमा १४०४ मतदातामा ११७५ खसेको थियो ।
०००
भोजपुर पौवादुम्मा १ मा नेकपाका उमेदवार विजयी भएका छन् ।
०००
संखुवासभा खाँदबारी–३ मा नेकपा विजयी भएको छ। अघिल्लोपटक यो वडामा एमालेले जितेको थियो। यसपालि नेकपाले ७९६ मत ल्याउँदा कांग्रेसले ४६७ मत ल्याएको छ।
०००
डोटीको आदर्श–२ मा नेकपा विजयी भएको छ। नेकपाले ६६५ मत पाउँदा कांग्रेसले ६५६ मत प्राप्त गरेको छ। अघिल्लोपटक एमालेको ५०२ मत थियो भने कांग्रेसले ३७५ ल्यायो । यसपालि भने जम्मा ९ मतान्तर भएको छ।
०००
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ ।

चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा कांग्रेस विजयी भएको छ ।

भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल विजयी भए । त्यस्तै खैरहनी नगरपालिका ४ मा पनि कांग्रेसकै देब बहादुर बस्नेत विजयी भएका छन् ।

बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्। बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।

खैरहनी ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की विजयी भएकी छन् । नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।
०००
अर्घाखाँचीको मालारानी गाउँपालिका- ३ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेका उम्मेदवार शोभाखर खनाल ११ सय ५९ मत प्राप्त गरेर विजयी भए ।

खनालका निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले १ हजार ५३ मत प्राप्त गरे । यो कांग्रेसका शोभाखरको भन्दा १०६ मत कम हो ।
०००
मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् ।

नेकपाका पंकज मण्डललाई पराजित गर्दै साह विजयी भएका हुन् । नेकपाका पंकज मण्डलले १ हजार ४ सय ९७ मत प्राप्त गरे भने विजयी नेपाली कांग्रेसका साहले १ हजार ७ सय ०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
०००
रौतहटको गडीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ ७ सय ७१ मत ल्याएर विजयी भएका हुन् ।

श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी नेकपाका उमेदवार जवार मियाले ५ सय ९६ मत ल्याए । समाजवादी पार्टीको तर्फबाट उमेदवार बनेका दिनेश दासले १ सय २२ मत ल्याए ।

१ हजार ८ सय २२ मत रहेको सो वाडमा २ वटा मतदान स्थलको ३ वटा केन्द्रबाट मतदान भएकोमा १ हजार ५ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिएका थिए।
०००
दाङ-घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेद्वार ताराबहादुर डिसी १ हजार २ सय १८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्दी नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत प्राप्त गरे ।

त्यस्तै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरीले ७ सय २० मत ल्याउँदा समाजवादी पार्टी नेपालकी विमला पुनले ३१ मत ल्याइन ।
०००
महोत्तरीको बलवा–२ मा कांग्रेस विजयी भएको छ। नेकपाले ३५२ मत ल्याउँदा कांग्रेसले ४६१ मत पाएको छ। अघिल्लोपटक पनि यो वडा कांग्रेसले नै जितेको थियो।
०००
बाजुराको त्रिवेणी–१ मा वडाध्यक्ष कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार ४७३ मत ल्याएर विजयी भएका छन् भने नेकपाले २९७ मत मात्र प्राप्त गरेको छ।
०००
अर्घाखाँचीको मालारानी–३ को वडाध्यक्षमा कांग्रेस विजयी भएको छ । यो स्थानमा अघिल्लोपटक कांग्रेस र माओवादी मिल्दा पनि एमाले एक्लैले जितेको थियो।
०००
बैतडी, सुर्नया गाउँपालिका- १ कांग्रेसका उमेदवार विजयी भएका छन् । बैतडीकै दोगडा केदारमा नेपाली कांग्रेस विजयी भएका छन् । दोगडा केदारमा नेपाली कांग्रेसका सुरेन्द्र भट्टले नेकपाका उमेद्वारलाई एक सय मतले पछाडी पारे । भट्टले ५८४ ल्याउदा नेकपाको उमेद्वारले ४८४ मत मात्र प्राप्त गरे।
०००
त्यस्तै समाजवादी पार्टी नेपालले एक स्थानमा जीत हात पारेको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षमा समाजवादी पार्टी नेपालका उमेदवार विजयी भएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टी नेपालका उम्मेदवार श्यामबाबु राय विजयी भएका हुन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : ०८ बजे

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं– चेल्सीले इङ्लिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित

महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू)

काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै

एजेन्सी– रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार

संविधान संशोधन हुन आवश्यक : महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि

संशोधनअघि संविधानको पूरै समीक्षा हुनुपर्छ

संविधानले हामीलाई शासनसत्ता कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा एउटा प्रारूप