यसकारण भक्तपुरमा हार्‍यो नेकपा | Khabarhub Khabarhub

यसकारण भक्तपुरमा हार्‍यो नेकपा


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिवार सम्पन्न उपनिर्वाचनमा सर्वाधिक चासो राखिएको क्षेत्र मध्ये भक्तपुरको प्रदेशसभा पनि एक हो ।

भक्तपुर १ अन्तर्गतको प्रदेशसभा ‘क’ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उम्मेदवारलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारले पराजित गरेपछि यो विषय थप चर्चामा रहेको छ ।

नेकपा नेतृत्वको सरकार असफल रहेको र यो उपनिर्वाचन जनमत संग्रह हुने बताइरहेको कांग्रेसका लागि भक्तपुर १ को क मा कृष्णलाल भडेंल ‘सञ्जिवनी बुटी’ बन्न पुगे ।

यसअघिको निर्वाचनमा तत्कालिन नेकपा एमालेका उम्मेदवार हरिशरण लामिछानेले जितेको उक्त क्षेत्र नेकपाले गुमाउन पुग्दा स्थानीय तह र वडाहरुमा नेकपाको जीत नै छाँयामा पर्न गएको छ ।

उक्त क्षेत्र चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको एक वडा मिलेर बनेको क्षेत्र हो ।

स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा नेकपाले जितेको थियो त्यस आधारमा पनि नेकपाको मत यो क्षेत्रमा बलियो नै हुने निश्चित थियो । तर पनि सत्तारुढ दलका उम्मेदवार डीपी ढकाल पराजित हुन पुगे ।

तत्कालिन नेकपा एमाले एक्लैले जितेको चाँगुमा तत्कालिन माओवादी केन्द्रसँग एकतापछि उम्मेदवारी दिँदा पनि पराजित हुन स्वभाविक होइन ।

भडेँल १३ हजार ४४९ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २०६ मतमा चित्त बुझाए ।

तत्कालिन माओवादी केन्द्रका नेता रहेका डीपीको हारले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भावनात्मक हुन नसकेको भन्दै सामाजिक सञ्जालमा नेकपाका कार्यकर्ताहरु नै आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

कतिपयले जनाधार नभएको व्यक्तिलाई भागबण्डाका नाममा उम्मेदवार बनाएको परिणाम भनेका छन् भने तत्कालिन माओवादी खेमाले भने पूर्व एमाले खेमाले माओवादीलाई स्वीकार गर्न नसक्नुको परिणाम भएको आरोप लगाएका छन् ।

केहीले चाँगुनारायण नगरपालिकाले स्थानीय स्तरमा प्रभावकारी काम गर्न नसकेको कारण पनि सत्तारुढ दललाई मतदाताले विश्वास गर्न नसकेको तर्क गरेका छन् । तर यी तर्कहरुले गर्दा मात्र नेकपाले उक्त क्षेत्र आफ्नो हात बाट गुमाएको भने होइन ।

पार्टी एक भएपनि भक्तपुर एक हुन नसकेको उदाहरणको रुपमा कतिपयले यसलाई लिएका छन् ।

अघिल्लो चुनावमा पनि सुरुमा तत्कालीन माओवादीका ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको तर चर्को विवादपछि अन्तत लामिछाने नै नेकपा उम्मेदवार बनाइएको बताइएको थियो ।

त्यसबारे पनि तत्कालीन एमाले र पूर्वमाओवादीको फरक(फरक मत छ ।

पूर्वएमाले पक्षले ढकालले विद्रोही उम्मेदवारी दिएर पछि फिर्ता लिएको बताउने गरेको छ ।

तत्कालीन माओवादी नेताहरूले भने ढकालनै आधिकारीक उम्मेदवार रहेको तर विवाद बढ्न नदिन उनले लामिछानेलाई समर्थन गरेको बताउने गरेका छन् ।

यसपटक पनि उम्मेदवार छनौट विवादपूर्ण बन्न पुगेको थियो ।

तत्कालीन माओवादीबाट ढकाललाई उम्मेदवार बनाउँदा तत्कालीन एमाले पक्षधरले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
स्वर्गीय हरिशरण लामिछानेकी पत्नीसहित पूर्वएमालेका कैयौँ नेताहरू उम्मेदवारको दौडमा रहेका बताइएको थियो। तर पार्टी निर्णयमा अडिग रह्यो ।

कतिपयले उम्मेदवार छनौटमामा पार्टीले स्थानीय नेता र कार्यकर्ताहरूको भावना कदर गर्न नसक्दा चुनावमा पछि परेको ठानेका छन् ।

आफ्नो हारलाई डिपी ढकालले अपेक्षित मानेका छैनन् । तर उनले विगतको विवादलाई हारको कारण मानेका छैनन् ।
चुनावी परिणामपछि उनले भने, ‘सुरुमा केही असर पर्छ कि भन्ने आकलन थियो ।’

‘तर त्यसको खासै असर पछिसम्म बाँकी रहेन। पार्टी नेतृत्व र कार्यकर्ता पङ्क्ति मूलरूपमा एक थियो ।’

उनले राप्रपा संयुक्त र केही स्थानमा नेपाल मजदुर किसान पार्टीले पनि काङ्ग्रेसका उम्मेदवारलाई साथ दिएको बताए ।

हारको कारण सडक ?

कतिपयले सत्तारुढ दलको हारको कारण भक्तपुर–नगरकोटको सडक रहेको बताइरहेका छन् । लामो समयदेखि उक्त सडक खण्ड बन्न नसक्दा मतदाता आजित बनेका थिए ।

चुनाव भन्दा दुई साता अघि मात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीसमेत रहेका ठेकेदार शारदा अधिकारीको फोटो गाडी र सार्वजनिक स्थलमा टाँसेर स्थानीयले विरोध जनाएका थिए ।

सत्तारुढ दलका अध्यक्षका घरवेटीमाथि कारवाही हुन नसकेको र सत्ताले नराम्रो काम गर्नेलाई संरक्षण गरेको आरोपलाई कांग्रेसले मुख्य चुनावी नारा नै बनाएको थियो । जसका कारण पनि कांग्रेसलाई केही राहत मिलेको थियो ।

कतिपयले राप्रपा संयुक्तसँगको सहकार्यले कांग्रेसले जीत निकालेको बताइरहेका छन् । तर उपनिर्वाचन भएका स्थानहरुमा राप्रपा संयुक्तले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यो दाबीमा कुनै दम पाउन सकिँदैन ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : १५ बजे

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी