विभेद अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बन्नुपर्नेमा मुख्यमन्त्रीको जोड « Khabarhub

विभेद अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बन्नुपर्नेमा मुख्यमन्त्रीको जोड


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महिला, दलित, जनजाति तथा सीमान्तकृत समुदायमाथिको विभेद पूर्णरुपमा अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

कर्णाली प्रदेशमा आयोजना गरिएको प्रथम दलित संसद्को उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले महिला, दलित, जनजाति तथा सीमान्तकृत समुदायको आयआर्जन तथा रोजगारीका अवसर सिर्जना गरी आर्थिकरुपमा सवल बनाउन प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’, ‘मुख्यमन्त्री दलित तथा महिला आयआर्जन कार्यक्रम’, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम’ लगायतका कार्यक्रम ल्याएको बताए ।

सङ्घीयताको अभ्यासले दलित, महिला, जनजाति तथा सीमान्तकृत समुदायको राज्य सञ्चालनमा सहभागिता वृद्धि तथा नेतृत्व क्षमताको विकास भएको मुख्यमन्त्री शाहीले बताए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा जातीय विभेदलगायत सबै खाले सामाजिक विभेद अन्त्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जिकिर पनि गरे ।  ‘कुराले मात्रै सामाजिक विभेद अन्त्य हुने होइन,’ प्रदेश सरकार सबैखाले सामाजिक विभेद अन्त्यका लागि व्यावहारिकरुपमै लागेको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘आवश्यक बजेटसहित ठोस कार्यक्रम प्रदेश सरकारले अगाडि बढाएको छ ।’

मुख्यमन्त्री शाहीले प्रदेश सरकार गम्भीरतापूर्वक सामाजिक विभेद अन्त्यको अभियानमा लागेको बताउँदै सहकार्यको लागि सबै सामाजिक सङ्घ संस्थालाई आग्रह गरे ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ११ : ४५ बजे

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी