शीर्ष स्थानमा पुग्यो लिभरपुल, सिटीभन्दा २ अंक बढी « Khabarhub

शीर्ष स्थानमा पुग्यो लिभरपुल, सिटीभन्दा २ अंक बढी


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई उछिन्दै इङ्लीस प्रिमियरर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा टोटनह्यामलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुलले घरेलु टोलीलाई २—१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । लिभरपुलका लागि रोवोटो फिमिन्होले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, लिभरपुलको अग्रता तोड्न टोटह्यामका लुकाज माउराले खेलको ७० औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।

१—१ अवस्थामा रहेको खेलमा टोटनह्यामका खेलाडी टोवे एल्डरवेइरेल्डले आत्मघाती गोल गरेपछि लिभरपुलले अंक बाड्नबाट जागिएको हो ।
जीतसँगै लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अघि रहेको छ । लिभरपुलको ७९ अंक छ भने सिटीको ७७ अंक छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ३५ बजे

लुम्बिनी केबुलकार सञ्चालनमा आउँदै

बुटवल- बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार

अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतले जित्यो

काठमाडौँ– भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल

त्रिनगर ब्यारेलबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी– कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ

रुसको बेल्गोरोड क्षेत्रमा भएको गोलाबारीमा परी एक जनाको मृत्यु

मस्को- युक्रेनी सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा

७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

काठमाडौँ- बर्दियामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय