अक्षय कुमारको ‘केसरी’ १५० करोडको क्लबमा प्रवेश « Khabarhub

अक्षय कुमारको ‘केसरी’ १५० करोडको क्लबमा प्रवेश


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अनुराग सिंहको निर्देशनमा बनेको फिल्म ‘केसरी’ ले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । यो फिल्ममा अक्षय कुमारले मुख्य भूमिका निभाएका छन् । फिल्म पहिलो हप्ता नै सय करोडको क्लबमा प्रवेश गरिसकेको छ । यो फिल्मले भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै व्यापार गरिरहेको छ ।

हालसम्म फिल्मको विश्वव्यापी ग्रस कलेक्सन १ सय ५० करोड पुगेको छ । करण जोहरले सामाजिक सञ्जालमा यसबारेमा खुलासा गरेका छन् ।
फिल्मका निर्माता करण जोहरले एउटा ब्यानर बनाएर ट्वीटर एकाउन्टमा लेखेका छन्, ‘दुनियाँभरको बक्स अफिसमा केसरी मजबूत बनेको छ ।’

फिल्ममा अक्षयकुमारको कामको थप प्रशंसा भइरहेको छ । यो फिल्म भारतमा मात्र ३६०० पर्दामा रिलिज भएको छ । विदेशमा यो फिल्म ६०० पर्दामा रिलिज भएको छ ।

केसरी फिल्म ब्याटल अफ सारागढीको कहानीमा आधारित छ । फिल्ममा अक्षय कुमारले हवल्दार इशर सिंहको भूमिका निभाएका छन् । फिल्मलाई समीक्षकले पनि रुचाएका छन् ।

परिणीति चोपडा फिल्ममा अक्षय कुमारकी पत्नीको भूमिकामा छिन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ३४ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने