घाइतेको उपचारमा कमी नगर्न सरकारसँग सभामुख महराको अनुरोध | Khabarhub Khabarhub

घाइतेको उपचारमा कमी नगर्न सरकारसँग सभामुख महराको अनुरोध


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्राकृतिक विपद्मा परेका बारा र पर्सा लगायतका जिल्लाहरुमा विलम्ब नगरी राहत र उद्धारका कार्यलाई प्रभावकारीरूपमा अघि बढाउन सरकार र सरोकारवाला सबै निकायहरुलाई विशेष अनुरोध गरेका छन्। सोमबार एक विज्ञप्ति प्रकशित गरी उनले  प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कमी हुन नदिन सरकारसँग विशेष अनुरोधसमेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “आइतबार साँझ आएको हावाहुरी, असिनापानीबाट बारा, पर्सालगायतका जिल्लाहरुमा भएको ठूलो जनधनको क्षतिको खबरले मलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ । अकल्पनीय र दुःखद् प्राकृतिक विपद्का कारण निधन भएकाप्रति म भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विपद्मा परेका पीडितको छिटो उद्धार, मृतकका परिवार तथा आँधीबेहरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गरी आगामी दिनमा यस्ता दुःखद् घटना हुन नदिन आवश्यक सजकता अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “बारा, पर्सालगायत तराईका विभिन्न जिल्लामा आइतबार साँझ एक्कासि आएको त्रासदीपूर्ण आँधीबेहरीबाट कम्तीमा २७ जनाको मृत्यु तथा ६१२ बढी घाइते भएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ ।” अध्यक्ष तिमिल्सिनाले विज्ञप्तिमा अचानक आएको आँधीबेहरीको घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । साथै आँधीबेहरीका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १२ : २२ बजे

लोकतन्त्रमा मात्र खेल र खेलाडीको विकास हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रमा मात्र

सशस्त्रका ११ डीआईजीको सरूवा, ६ वटा प्रदेशका प्रमुख पनि फेरिए

काठमाडौं- सशस्त्र प्रहरी बलका ११ जना नायव महानिरीक्षक (डीआईजी) हरूको

भारतबाट उत्पन्न हुने कुनै पनि खतराप्रति कडा प्रतिक्रिया दिइनेछ : पाकिस्तान

एजेन्सी– भारतले पाकिस्तानमाथि सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएको एक

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको भिडियो गत मंसिरको, चार जनामाथि थालियो कारबाही

काठमाडौं- ट्राफिक प्रहरीले सर्वसाधारणलाई सडकमै लात्ती मुक्का बर्साएको भिडियो २०८१