हावाहुरीमा परी ज्यान गुमाउने फेटा गाउँपालिकाका धेरै « Khabarhub

हावाहुरीमा परी ज्यान गुमाउने फेटा गाउँपालिकाका धेरै


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आइतबार राति बारा र पर्सालाई प्रभावित पार्ने गरी आएको हावाहुरीमा परी बारामा ३१ जनाको मृत्यु भएको छ । पर्सामा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३२ पुगेको छ । उपचाररत घाइते धेरैको अवस्था गम्भीर छ ।

बारा क्षेत्र नम्बर १, ‘क’ का सांसद त्रिलोक प्रसादका अनुसार सबैभन्दा बढी क्षति बाराको फेटा गाउँपालिकामा परेको छ । फेटा गाउँपालिकाका १७ जनाले हावाहुरीमा परी ज्यान गुमाएको सांसद प्रसादले बताए पनि गृहमन्त्रलयले यकिन तथ्यांक सार्वजनिक गरेको छैन् ।

सांसद  प्रसादका अनुसार अस्पतालमा घाइतेको चाप हुँदा उपचारमा कठिनाई भइरहेको छ । उपचार गर्ने चिकित्सकको अभाव भएका कारण समस्या उत्पन्न भएको छ ।

त्यस्तै प्रभावित क्षेत्रका सर्वसाधारण भोकै परेको सांसद प्रसादले बताए । अहिले प्रभावित क्षेत्रमा चाउचाउ र विस्कुट बाडिँदै गरेको उनले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १२ : २५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी