घाइतेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको छ–स्वास्थ्य मन्त्रालय « Khabarhub

घाइतेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको छ–स्वास्थ्य मन्त्रालय


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा हावाहुरीमा परि घाइते भएकाहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सो घटनामा परी घाइते हुनेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।

सोमबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवक्ता श्रेष्ठले हावाहुरीमामा परी ४ सय ३ जना घाइते भएको र त्यसमध्ये गम्भीर घाइते ७ जनाको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको पनि बताए ।

आइतबार साँझ आएको हावाहुरीमा परि बारा र पर्सामा ठूलो धनजनको क्षति भएको थियो । सो घटनामा परि घाइते भएकाहरुको उपचारका लागि हेटौडा र चितवनका चिकित्सकहरुको टोली पनि परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रबाट पनि चिकित्सकहरुको टोली घटनास्थलतर्फ पठाएको छ । प्रवक्ता श्रेष्ठले घाइतेहरुको बारा र पर्सास्थिति विभिन्न ७ वटा अस्पतालहरुमा उपचार भइरहेको बताए । काठमाडौं ल्याइएका घाइतेहरुमध्ये २ जनाको अवस्था जटिल रहेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : १५ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन